- Get link
- X
- Other Apps
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १५ अप्रेल। भारत सरकारले प्रधानमन्त्री उज्ज्वला योजना मार्फत आर्थिक विपन्न परिवारका मानिसहरूलाई खाना पकाउने ग्यास सिलिण्डर प्रदान गर्ने कार्य गरे पनि उक्त योजना अन्तर्गत लाभार्थीहरूले सम्बन्धित ग्यास वितरकहरूबाट निर्धारित मूल्य भन्दा धेर पैसा तिर्न परेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्।
उनले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर सरकारको योजनामा वितरकहरूले तोकिएको राशी भन्दा धेर पैसा लिने कार्य गर्दा पनि सूचना विभाग भने मौन बसेर जनतालाई सही जानकारी दिने कार्य नगरेको थप आरोप लगाएका छन्।
भारत सरकारले सन् 2011 को जनगणना अनुसार उक्त ग्यास सिलिण्डर लाभार्थीहरूलाई निर्धारित सोह्र सय रूपियामा दिने गरेको अनि लाभार्थीले एकैचोटि पैसा तिर्न नसकेको खण्डमा किस्तिमा समेत सिलिण्डर दिनुपर्ने प्रावाधान रहेको सुन्दासले दाबी गरेका छन्।
‘सरकारले एकहजार छ सय रूपिया सिलिण्डरको मूल्य निर्धारित गरेको छ। कालेबुङको एउटा वितरकबाट उक्त सिलिण्डरको 2 हजार 2 सय पैसा लिएको लाभार्थीहरूके माकपा पार्टीमा उजुरी गरेका छन्। यसबारे राज्य सरकार अनि केन्द्र सरकारका निकायहरूले के काम गर्दैछन्? गरीब जनता लुट्ने कार्य हुँदा सरकारी अधिकारीवर्ग किन मौन बसेका छन्?’ माकपा नेता सुन्दासले प्रश्न गरे। यसक्रममा उनले सरकारको योजनालाई सही ठाउँमा प्रयोग हुनका निम्ति सूचना विभागले जनताको हितमा सरकारको योजनाबारे अवगत गराउने कार्य गर्नुपर्ने माग गरेका छन्।
उनले सरकारले निर्धारित गरेको मूल्यमा नै उक्त ग्यास सिलिण्डर गरिब मानिसहरूलाई उपलब्ध गराउनका निम्ति प्रशासनले पनि कार्य गर्नुपर्ने आह्वान गर्दै सत्तासिन राजनैतिक दलका नेताहरूले पनि जनताको हितमा काम गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री उज्ज्वला योजना मार्फत लाभार्थीवर्गले पाउनुपर्ने सिलिण्डर सही मूल्यमा वितरकहरूले दिनुपर्ने बताउँदै यदि भविष्यमा तोकिएको मूल्यभन्दा धेर पैसा लिएको उजुरी भए माकपा पार्टीले जनताको हितमा सम्बन्धित वितरक विरुद्ध कानुनी कार्वाही गर्ने चेतावनी समेत दिएका छन्।
अर्कोतर्फ अहिलेघरी मानिसहरूको आधार कार्ड नभएको खण्डमा बैंक खाता धारकहरूको खाता बन्द हुने खबर फैलिरहेको बताउँदै यता आधार कार्ड नभएकाहरूको कार्ड बनाउने कार्य भने प्रशासनिक पक्षबाट नभएको सुन्दासले आरोप लगाएका छन्। बैंक खाता धारकहरूले आफ्नो आधार कार्ड आगमी 30 अप्रेल भित्रमा सम्बन्धित बैंकमा जम्मा गर्नुपर्ने खबर भए पनि यसबारे जिल्ला प्रशासनले भने कुनै कार्य नगरेको सुन्दासले दाबी गरेका छन्।
यता कालेबुङमा एउटा एजेन्सिले आधार कार्ड खिच्ने कार्य गरे पनि त्यस एजेन्सिबाट पर्याप्त काम नभएको बताउँदै नगरपालिका क्षेत्रका निम्ति नगरपालिका प्रशासनले कार्य गर्नुपर्ने सुन्दासले माग गरेका छन्।
माकपा टोलिले नगरपालिका क्षेत्रमा आधार नभएकाहरूको कार्ड खिच्ने कार्य के कति गर्दैछन् भन्ने जानकारी लिन जाँदा समबन्धित व्यक्तिले आधार कार्ड बनाउने जिम्मा एउटा कम्पनिले पाएको तर त्यस कम्पनिले भने कालेबुङमा आएर आजसम्म कार्य नगरेको जानकारी गराएको पनि सुन्दासले बताएका छन्।
यसक्रममा यदि आधार कार्डको अभावमा जनतालाई कुनै असुविधा भए अथवा सम्बन्धित वैंकहरूले खाता धारकहरूको खातालाई बन्द गरे त्यस आधार कार्ड बनाउने कम्पनिको विरूद्धमा मुद्दा दर्ता गर्ने चेतावनी सुन्दासले दिएका छन्।
Read More...
Comments
Post a Comment